इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन् ।
TSK
TSK · यूहन्ना 1:13
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष् दिइसकेँ । वास्तवमा, त्योचाहिँ आशीर्वादी हुनेछ।”
र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्न गराउन सक्नुहुन्छ ।
येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्वरको राज्यमा पस्न सक्दैन ।
¶ म येशू ख्रीष्टमा साँचो भन्दछु । म ढाँट्दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ,
¶ भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्वरलाई मेरो बिन्ती तिनीहरूका लागि र तिनीहरूको उद्धारको निम्ति हो ।
किनकि परमेश्वरको प्रसन्नताको निम्ति तिमीहरूलाई दुवै इच्छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
उहाँले सृष्टि गर्नुभएका सबै कुरामध्ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्नुभयो ।
तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्वरको वचनको अविनाशी वीर्यबाट ।
अब मेरा प्रिय बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस् र उहाँको आगमनमा उहाँको सामु लज्जित हुनु नपरोस् ।
प्रिय हो, एक अर्कालाई प्रेम गरौँ, किनकि प्रेम परमेश्वरको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो र त्यसले परमेश्वरलाई चिन्छ ।
किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि संसारलाई जित्ने विजय हाम्रो विश्वास हो ।