ठिक कुरा जान्ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।
TSK
TSK · यूहन्ना 3:2
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तिनीहरू आए र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्न, र तपाईंले मानिसहरूबिच कुनै भेदभाव गर्नुहुन्न । तपाईंले साँच्चै परमेश्वरको मार्ग सिकाउनुहुन्छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन? हामी कर तिरौँ कि नतिरौँ?”
तिनीहरू यूहन्नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्तिले बप्तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”
तर भिडका धेरैले उहाँमाथि विश्वास गरे, र तिनीहरूले भने, “के ख्रीष्ट आउनुहुँदा उहाँले यो मानिसले गरेको भन्दा धेरै चिह्नहरू गर्नुहुनेछ र?”
केही फरिसीहरूले भने, “यो मानिस परमेश्वरबाट आएको होइन, किनकि यसले विश्राम दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिह्नहरू कसरी गर्न सक्छ?” त्यसैले, तिनीहरूका बिचमा विभाजन आयो ।
त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले परिषद्का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने? यस मानिसले धेरै चिह्नहरू गर्छन् ।
तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् ।
यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्तमा मात्र चेला थिए) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे । पिलातसले तिनलाई अनुमति दिए । त्यसकारण योसेफ आए, र उहाँको शरीर लगे ।
हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्नुहोस्∶ परमेश्वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्ने कुरा तपाईंहरूलाई थाहै छ ।
ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्वर उहाँसित हुनुहुन्थ्यो ।