TSK

TSK · गन्ती 2:34

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

त्यसपछि बिस वर्ष र त्यसभन्दा माथिका सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे । तिनीहरूले आफू जन्मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो । त्यसपछि मोशाले सीनैको मरुभूमिमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका सङ्ख्याहरूको अभिलेख राखे ।

“हरेक इस्राएलीले आ-आफ्ना पुर्खाहरूको घरानाअनुसार आ-आफ्नो झन्डाको वरिपरि छाउनी लगाउनू ।

इस्राएलका मानिसहरूका फौजले यसरी आफ्नो यात्रा सुरु गर्‍यो । मोशाले मिद्यानी रूएलका छोरा होबाबसँग कुरा गरे ।

उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्‍ट देख्‍नुभएको छैन । परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ ।

हे याकूब, तिम्रा पालहरू र तिमी बस्‍ने ठाउँ कति सुन्दर छन्!

परमेश्‍वरको दृष्‍टिमा तिनीहरू दुवै धर्मी थिए । तिनीहरूले परमेश्‍वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे ।