TSK

TSK · गन्ती 29:1

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

पहिलो दिनलाई तिमीहरूले भेला हुनको निम्ति छुट्‍ट्याउनू, र त्यस दिन तिमीहरूका कुनै पनि दैनिक काम नगर्नू ।

“इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको दिन हुने छ, र त्यो दिन तुरही फुकेर सम्झना गरिने छ र पवित्र सभा हुने छ ।

आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्‍नुपर्छ । तिमीहरूले कुनै नियमित काम गर्नुहुँदैन ।

मन्‍दिरको जग नै नबसालिएको भए तापनि तिनीहरूले सातौं महिनाको पहिलो दिनमा परमप्रभुका निम्ति होमबलिहरू चढाउन थाले ।

सातौँ महिनाको पहिलो दिनमा पुजारी एज्राले सुनेर बुझ्न सक्‍ने पुरुष र स्‍त्रीहरू दुवैको समुदायको सामु पुस्तक ल्याए ।

ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन् ।

परमप्रभु तिनीहरूकहाँ देखापर्नुहुनेछ, उहाँको काँड बिजुलीझैँ निस्कनेछ! किनकि मेरा परमप्रभु परमेश्‍वरले तुरही फुक्‍नुहुनेछ र उहाँ तेमानबाट आँधीको साथ अगि बढ्नुहुनेछ ।

त्यसो हो भने, जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने? र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन्?