अब्राम कनानको भूमिमा नै बसे, र लोत मैदानका सहरहरूमा बसे । तिनले आफ्ना पालहरू सदोमसम्म नै टाँगेर बसे ।
TSK
TSK · हितोपदेश 13:20
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तर रहबामले यी पाका मानिसहरूले दिएको सल्लाहलाई बेवास्ता गरे, र आफूसँगै हुर्केर आफ्नो सामु खडा हुने युवाहरूसित सल्लाह लिए ।
त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन् ।”
तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न आए र यहोशापात राजालाई भने, “के दुष्टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
तिनीहरूले भन्लान्, “हामीसित आऊ । उक्तपातको लागि ढुकिबसौँ । विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ ।
मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्त्रीको पछि लाग्यो ।
आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच । समझशक्तिको मार्गमा हिँड ।
कसरी जिउने भनी कसैले तिमीलाई सुधार गर्दा तिमीले ध्यान दियौ भने तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ ।
नत्रता तैँले त्यसका मार्गहरू सिक्ने छस्, र तेरो प्राण पासोमा पर्ने छ ।
अनि परमप्रभुको भय मान्नेहरू एक-आपसमा बोले । परमप्रभुले ध्यान दिनुभयो र सुन्नुभयो, र परमप्रभुको भय मान्ने र उहाँको नाउँलाई आदर गर्नेहरूका विषयमा उहाँकै सामु सम्झनाको पुस्तक लेखियो ।
भर्ममा नपर “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ ।”
हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्ने कुरालाई विचार गरौँ ।