TSK

TSK · हितोपदेश 6:29

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

अब्राहामले आफ्नी पत्‍नी साराको बारेमा यस्तो भनेका थिए, “यिनी मेरी बहिनी हुन् ।” यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए ।

त्यसपछि परमप्रभुले तिनलाई सपनामा भन्‍नुभयो, “हो, यो मलाई पनि थाहा छ, कि तैँले आफ्नो हृदयको इमान्दारीमा यो गरिस्, र मैले नै तँलाई मेरो विरूद्ध पाप गर्नबाट बचाएँ । यसैकारण मैले तँलाई त्यस स्‍त्रीलाई छुन दिइनँ ।

आफ्नो छिमेकीकी पत्‍नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना ।

त्यसैले दाऊदले मानिसहरू बोलाए र ती स्‍त्रीलाई चिन्‍नेहरूलाई सोधे । कसैले भन्यो, “के यिनी एलीआमकी छोरी बतशेबा र हित्ती उरियाहकी पत्‍नी होइनन् र?”

त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् । तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस् ।

अहङ्कारी हृदय भएको हरेकलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर यो निश्‍चित छ, कि तिनीहरू दण्डविना उम्कने छैनन् ।

त्यसैले, यो परमप्रभुको घोषणा हो, के मैले तिनीहरूलाई दण्ड दिनुपर्दैन र, के मैले यस्तो जातिसित बदला लिनुपर्दैन र? ।

“अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।