TSK

TSK · रोमी 4:6

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

¶ त्यो मानिस धन्यको हो जो दुष्‍टको सल्लाहमा हिंड्दैन वा पापीहरूका मार्गहरूमा खडा हुँदैन वा गिल्‍ला गर्नेहरूको सभामा बस्दैन ।

त्यो धन्यको हो, जसको आफ्‍नो सहायताको निम्ति याकूबको परमेश्‍वर हुनुहुन्छ, जसको आसा परमप्रभुको आफ्‍नो परमेश्‍वरमा हुन्‍छ ।

तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो ।”

ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षामा जिउनेछ, किनकि त्‍यसको नाउँ यो हुनेछ, 'परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ ।'

“धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।

उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।

तब के यो आशिष्‌‌ केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नगरिएकाहरूका लागि पनि भनिएको हो? किनकि हामी भन्छौँ, “अब्राहामको निम्ति विश्‍वास धार्मिकताको रूपमा गनियो ।”

यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्‍वास गर्छौं ।

परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो ।

धर्मशास्‍त्रले पहिले नै यो देखेको थियो, कि परमेश्‍वरले गैरयहूदीहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ । अब्राहामलाई अगाडि नै सुसमाचार दिइएको थियो, “तँबाट नै पृथ्वीमा हुने सबै जातिहरू आशिषित हुनेछन् ।”

त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ ।

किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्‍वरको उपहार हो ।

जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो ।