तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्न पाउने छैनौ ।
TSK
TSK · सपन्याह 1:13
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तिमीहरू नष्ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खाने छन् । तिमीहरूलाई नष्ट नगरुञ्जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् ।
तब मैले भने, “हे परमप्रभु, कहिलेसम्म?” उहाँले जवाफ दिनुभयो, “ बासिन्दाविनाका भग्नावशेष सहरहरू ध्वस्त नहुन्जेल र मानिसविनाका घरहरू नहुन्जेल, र देश उजाड नहुन्जेल,
तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् ।
विपत्तिपछि विपत्ति आउनेछ । किनकि सारा देश भग्नावशेष हुन्छ । अकस्मात् मेरा पालहरू अनि मेरा पर्दाहरू एकै क्षणमा नष्ट पारिए ।
त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्ने गरी उजाड तुल्याउनेछु ।”
धेरै गोठालाहरूले मेरो दाखबारीलाई नष्ट पारेका छन् । तिनीहरूले मेरो खेतको भागलाई कुल्चेका छन् । मेरो खुशीको भागलाई उजाड-स्थान, तिनीहरूले निर्जन मरुभूमिमा परिणत गरेका छन् ।
तिनीहरूले आफ्ना चाँदी गल्लीहरूमा फाल्नेछन्, र तिनीहरूको सुन त्यागिएको चिजजस्तो हुनेछ । परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्नेछैनन् । तिनीहरूको जीवन बचाइनेछैन, र तिनीहरूको भोक मेटिनेछैन, किनकि तिनीहरूको अधर्म ठेसलाग्ने ढुङ्गो बनेको छ ।
यसैले म सबैभन्दा दुष्ट जातिलाई ल्याउनेछु, र तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्, र बलिया मानिसहरूको घमण्ड म खतम गर्नेछु, किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन् ।
किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्छौ र ऊबाट गहुँको भाग लिन्छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।
तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ ।