अब फारोले कुशल र बुद्धिमान् मानिसको खोजी गरी तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस् ।
TSK
TSK · दानिएल 4:27
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
म शत्रुको खिसीदेखि डराइनँ, र तिनीहरूका शत्रुहरूले गल्ती गरेर भन्लान्, 'हाम्रो हात माथि उचालिएको छ ।' मैले यी सबै गरेको भए सक्थेँ ।
मानौँ, कसैले परमेश्वरलाई भन्छ, 'म निश्चय नै दोषी छु, तर म फेरि पाप गर्नेछैनँ ।
तपाईंका गहन आज्ञाहरू म राजाहरूको सामु भन्नेछु र म लाज मान्नेछैन ।
करारको विश्वसनियता र भरोसाद्वारा अधर्मको प्रायश्चित्त हुन्छ, र परमप्रभुको भयद्वारा मानिसहरू खराबीबाट तर्कने छन् ।
किनकि त्यसले भन्छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्याएको छु ।
तैंले आफ्ना दुष्टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्यहाँ मजस्तो अरू कोही छैन ।”
के मैले चाहेको उपवास यस्तै किसिमको हो र? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने, आफ्नो शिर निगालो झैं झुकाउने, र भाङ्ग्रा लगाउने र खरानीमा बस्ने हो र? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ?
यस्तो मानिसको बारेमा के भन्न सकिन्छ, जसले कसैलाई थिचोमिचो गर्दैन, र लोन लिनेले धितो राखेको सामान लोन लिनेलाई उसले फर्काउँछ, र उसले चोरी गर्दैन, तर भोकालाई आफ्नो खानेकुरा दिन्छ, र नाङ्गालाई लुगा पहिराउँछ । के ऊ धर्मी मानिस हो?
तर जब दुष्ट मानिसले आफूले गरेका दुष्ट कामबाट फर्कन्छ, र न्याय र धार्मिकता कायम गर्छ, तब उसले आफ्नो जीवन बचाउनेछ ।
यसैले मिश्रदेश उजाड र बग्नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्यो बनाएको हुँ ।”
लो-देबारको पराजयमा आनन्द मनाउनेहरू, जसले भन्छन्, “के हामीले आफ्नै शक्तिले कार्नैमलाई लिएनौं र?”
अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्यो जानेछ, ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन्,
यो त्यो उल्लासित सहर हो, जो कुनै भयबिना नै जिउँथ्यो, र आफ्नो हृदयमा भन्थ्यो, “म हुँ, र मेरो बराबर केही छैन ।” त्यो अब पशुहरू बस्ने भयानक ठाउँ बनेको । त्यसको नजिकबाट जाने हरेकले त्यसको गिल्ला गर्दै मुक्का देखाउँनेछन् ।
तिमीभित्र जे छ, त्यो कुरा गरिबलाई देओ र त्यो कुरा तिम्रो निम्ति सबै शुद्ध हुनेछन् ।
तिनी ईश्वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्वरलाई प्रार्थना चढाइरहन्थे ।
तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको देशभरि रहनेहरू, र गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्चात्ताप गरेर परमेश्वरमा फर्कनुपर्छ र पश्चात्ताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरेँ ।
ख्रीष्ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्वासको मात्र मूल्य हुन्छ ।
तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वास,
परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार ।