TSK

TSK · दानिएल 8:23

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

कित्तीमको समुद्री तटबाट जहाजहरू आउने छन्; तिनीहरूले अश्शूरलाई आक्रमण गर्नेछन् र एबेरमाथि विजय हासिल गर्ने छन्, तर तिनीहरू अन्त पनि विनाशमा नै हुने छन् ।

धेरै दिनपछि तँलाई बोलाइनेछ, र धेरै वर्षपछि तँ त्यो देशमा जानेछस् जुन तरवारद्वारा प्राप्‍त भएको हो र जुन धेरै समयसम्म भग्‍नावशेष भएको इस्राएलका पहाडहरूमा धेरै जातिहरूद्वारा पुनः खडा भएको हो । तर त्यस देशका मानिसहरूलाई जातिहरूबाट बाहिर निकालेर ल्‍याइनेछ, र तिनीहरू सबै जना सुरक्षसाथ बस्‍नेछन् ।

जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्‍दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्‍ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो ।

त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो ।

तीमध्येबाट अर्को एउटा सिङ पलायो, जुन पहिला सानो थियो, तर त्यो दक्षिणमा, पूर्वमा, र सुन्दरताको देशमा धेरै विशाल भयो ।

तिम्रा मानिसहरूलाई अन्तका दिनमा के हुनेछ भनेर बुझ्न तिमीलाई मदत गर्न म आएको हुँ । किनकि यो दर्शनचाहिं अझै आउन बाँकी दिनको निम्ति हो ।”

कुनै चेतावनीविना नै ऊ प्रदेशको सबैभन्दा सम्‍वृद्ध ठाउँमा आउनेछ, र उसको बुबा वा हजुरबुबाले नगरेका काम त्यसले गर्नेछ । उसले लुटका सामान र धन-सम्पत्ति आफ्ना अनुयायीहरूसँग बाँड्नेछ । उसले किल्लाहरूलाई हटाउने योजना गर्नेछ, तर केही समयको लागि मात्र हुनेछ ।

तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।

¶ अहिले आत्माले प्रष्‍टसँग भन्‍नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्‍वासलाई त्याग्‍नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् ।

उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो ।