त्यसै दिन परमप्रभुले यसो भनेर अब्रामसँग करार बाँध्नुभयो, “म तेरा सन्तानहरूलाई यसैद्वारा यो भूमि दिन्छु, जुन मिश्रादेखि महानदी अर्थात् युफ्रेटिससम्म छ-
TSK
TSK · उत्पत्ति 31:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिनीहरू भोजन गर्न बसे । तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे । तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए ।
¶ परमप्रभुले इस्राएललाई आशिष् दिन नै रुचाउनुहुन्छ भन्ने जब बालामले देखे, तिनी अरू बेलाझैँ टुनामुना गर्नलाई गएनन् । बरु, तिनले मरुभूमितिर हेरे ।
त्यस बेला हामीले अधिकारको रूपमा लिएको देश अर्थात् अर्नोनको बेँसीनेर अरोएरदेखि गिलादको पहाडी देशको आधा भाग र यसका सहरहरू मैले रूबेनीहरू र गादीहरूलाई दिएँ ।
यहोशूले सबै मानिसलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूका पुर्खा अब्राहम र नाहोरका पिता तेरह लामो समयअगि यूफ्रेटिस नदीपारि बस्थे र तिनीहरूले देवताहरू पुज्दथे ।
तिनीहरू गिलाद र तातीम-हदोशीमा आए अनि दान-यान र सीदोनको सेरोफेरोसम्म पुगे ।
त्यसपछि अरामका राजा हजाएलले गातको विरुद्धमा आक्रमण गरे र त्यसलाई लिए । त्यसपछि हजाएलले यरूशलेमलाई आक्रमण गर्न फर्के ।
जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो, उहाँले यरूशलेमतिर जाने अठोट लिनुभयो ।