आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्यको हुन्छ ।
TSK
TSK · हितोपदेश 30:11
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
'आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।
बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन्, र त्यसलाई गिद्धहरूले खाने छन् ।
किनकि परमेश्वरले भन्नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्यो निश्चय नै मर्नेछ ।’
तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्वरलाई खुसी तुल्याउने कुरा हो ।
तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्चर्यकर्महरूको घोषणा गर्न सक ।