तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्ने इच्छा गर्नुभएको भए, उहाँले हामीले अर्पण गरेका होमबलि र अन्नबलि ग्रहण गर्नुहुन्नथ्यो । उहाँले हामीलाई यी सबै कुराहरू देखाउनुन्नथ्यो, न त उहाँले यो समय हामीलाई यी कुराहरू भन्नुहुन्थ्यो ।”
TSK
TSK · हितोपदेश 31:26
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यसपछि एक जना बुद्धिमान स्त्रीले सहरबाट कराएर भनिन्, “ए योआब, सुन्नुहोस्, कृपया सुन्नुहोस्! मेरो नजिक आउनुहोस् र म तपाईंसँग कुरा गर्न सक्छु ।”
जब एस्तरका युवतीहरू र सेविकाहरू आएर उनलाई त्यो कुरा बताए, तब रानी ठुलो शोकमा डुबिन् । उनले मोर्दकैको लागि पोशाकहरू पठाइन् (ताकि तिनले भाङ्ग्रा फुकालून्), तर तिनले ती स्वीकार गरेनन् ।
तर रानी एस्तरले जवाफ दिइन्, “हे महाराज, मैले हजुरको नजरमा निगाह पाएकी छु र हजुरलाई खुसी लाग्छ भने, मेरो जीवन मलाई नै दिइयोस् । मेरो बिन्ती यही नै हो, र मेरो जातिको लागि पनि यसै गरियोस् भनी म बिन्ती गर्छु ।
धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ ।
मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्डीहरूका लागि चङ्गाइ हुन्छ ।
धैर्यताले शासकलाई पनि मनाउन सकिन्छ, र कोमल जिब्रोले हड्डीलाई गलाउन सक्छ ।
पहराका धाँदाहरू, भिरालो पहाडका गुप्त चिराहरूमा बस्ने मेरी ढुकुर्नी, मलाई तिम्रो मुहार हेर्न देऊ । मलाई तिम्रो सोर सुन्न देऊ, किनकि तिम्रो सोर सुरिलो छ, र तिम्रो मुहार मायालु छ ।” प्रेमिका प्रेमीसित बोल्दैः
त्यसको मुखमा साँचो शिक्षा थियो, र त्यसको ओठमा कुनै झुट पाइएन । त्यो मसँग शान्ति र सत्यतामा हिँड्यो र त्यसले धेरैलाई पापबाट टाढा राख्यो ।
तिनले ठुलो आवाजले उनलाई यसो भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्भको फल धन्यको होस् ।”
अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले । जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए ।
बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिँड, अनि तिमीहरूको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर ।
तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्वरको दृष्टिमा अनमोल हुने किसिमले यसो गर ।