परमप्रभुलाई बिन्ती चढाऊ किनकि शक्तिशाली गर्जन र असिना अति भएका छन् । म तिमीहरूलाई जान दिनेछु र अब उसो तिमीहरू यहाँ बस्नुपर्नेछैन ।”
TSK
TSK · १ इतिहास 21:15
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
जब परमप्रभुले तिनीहरूका निम्ति न्यायकर्ताहरू खडा गर्नुभयो, ती न्यायकर्ताहरू बाँचुन्जेल परमप्रभुले तिनीहरूलाई सहायता गर्नुभयो र तिनीहरूका शत्रुहरूका हातबाट तिनीहरूलाई बचाउनुभयो । तिनीहरूलाई अत्याचार गर्ने र कष्ट दिनेहरूका कारणले तिनीहरूले चित्कार गर्दा परमप्रभुले तिनीहरूमाथि दया देखाउनुभयो ।
जब स्वर्गदूतले यरूशलेमलाई नाश गर्न आफ्नो हात त्यता पसारे, तब त्यसले ल्याउने हानिको कारणले परमप्रभुले आफ्नो मन बदल्नुभयो र उहाँले मानिसहरूलाई नाश पारिरहेका स्वर्गदूतलाई भन्नुभयो, “पुग्यो! अब तिम्रो हात थाम ।” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलामा खडा भएका थिए ।
तर तिनी आफैचाहिँ एक दिनको यात्रा गरेर उजाड-स्थानमा गए, र अम्रिसको एउटा झाडीमा आए । आफू मरोस् भनी तिनले बिन्ती गर, “हे परमप्रभु, अब अति भयो । मेरो प्राण लिनुहोस् किनकि म मेरा पित्रहरूभन्दा असल छैनँ ।”
तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो र तिनीहरूलाई नष्ट गर्नुभएन । हो, धेरै पल्ट उहाँले आफ्नो रिस थाम्नुभयो र उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन ।
‘त्यसैले शीलोमा भएको मेरो ठाउँ जाओ, जहाँ सुरुमा मैले मेरो नाउँ रहने अनुमति दिएँ, र मेरो जाति इस्राएलको दुष्टताको कारणले मैले यसलाई के गरें त्यो हेर ।
यो मन्दिर शीलोझैं हुनेछ र यो सहर बासिन्दारहित उजाड हुनेछ भनेर किन परमप्रभुको नाउँमा अगमवाणी गरिस्?” किनकि सबै मानिसले परमप्रभुको मन्दिरमा यर्मियाको विरुद्धमा भिड जम्मा गरेका थिए ।
परमप्रभु यस विषयमा नरम हुनुभयो । उहाँले भन्नुभयो, “यस्तो हुनेछैन ।”
यसैले योनाले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे परमप्रभु, के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र? यसकारण म तर्शीशमा भागेर जाने प्रयत्न गरें, किनभने मलाई थाहा थियो, कि तपाईं अनुग्रही परमेश्वर हुनुहुन्छ, दयाले पूर्ण, रिसाउनमा ढिलो र प्रतिज्ञामा विश्वसनीय हुनुहुन्छ, र तपाईंले विपत्ति पठाउन रोक्नुहुन्छ ।
उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका छौ र आराम गरिरहेका छौ? भयो! समय आएको छ । हेर! मानिसका पुत्र पापीहरूको हातमा सुम्पिँदै छ ।