त्यसैले दाऊद त्यो किल्लामा बसे र यसलाई दाऊदको सहर भनियो । तिनले यसलाई गाराहरूदेखि भित्रसम्म नै किल्लाबन्दी गरे ।
TSK
TSK · २ इतिहास 32:5
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिनी राजाको विरुद्धमा उठे किनकि सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्ना पिता दाऊदको सहरको पर्खालमा प्रवेशद्वार मर्मत गरेका थिए ।
तब सहरको पर्खाल तोडेर भित्र प्रवेश गरियो र रातमा राजाको बगैँचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटोबाट सबै योद्धा भागे, जबकि कल्दीहरूले सहरको चारैतिर घेरा लगाई राखेकै थिए । राजा अराबाको दिशातिर गए ।
साथै तिनले यहूदाका सबै सहरहरूमा भएका अल्गा थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए । तिनको अधीनमा देशले शान्ति पायो ।
¶ सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका कमाण्डरहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्झौता गरे ।
अम्मोनीहरूले उज्जियाहलाई कर तिरे, र तिनको ख्याति मिश्रदेशको ढोकासम्मै पुग्यो, किनभने तिनी धेरै शक्तिशाली हुँदै गएका थिए ।
त्यसपछि मनश्शेले बेसीको गीहोनको पश्चिमपट्टिदेखि माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल बनाए । तिनले ओफेल डाँडा घेरे र त्यो पर्खाल धेरै अल्गो बनाए । तिनले यहूदाका किल्ला भएका सबै सहरमा साहसी फौजका कमाण्डरहरू पनि खटाइदिए ।
जब यहूदाका राजा सिदकियाह र सबै योद्धाले तिनीहरूलाई देखे, तिनीहरू भागे । तिनीहरू रातमा दुई पर्खालको बिचमा भएको ढोकाबाट छिरेर राजको बगैँचाको बाटो भएर सहरबाट भागे । राजा अराबा जाने बाटोतिर लागे ।