प्रेरित 9:20
TSK
तुरुन्तै येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तुरुन्तै येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे ।
पावल र बारनाबास त्यहाँबाट जान लाग्दा मानिसहरूले यी नै वचनहरू अर्को विश्राममा आएर बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे ।
तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।
सबाथ-दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौँ जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्ने हामीले ठान्यौँ । हामी बस्यौँ र जम्मा भएका स्त्रीहरूसँग कुरा गर्यौँ ।
तब पावल हरेक सबाथ-दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले ।