अदोनियाह र तिनीसित भएका सबै पाहुनाले खाइसक्ने बित्तिकै यो खबर सुने । योआबले तुरहीको आवाज सुनेपछि तिनले भने, “सहरमा किन हल्ला हुँदै छ?”
TSK
TSK · प्रेरित 21:31
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्न नहोस् ।”
त्यसैले, सिपाहीहरूको समूह, कप्तान र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे ।
तर अविश्वासी यहूदीहरू ईर्ष्याले भरिए र बजारका चोकबाट केही दुष्ट मानिसहरूलाई जम्मा गरे र ठुलो भिड बनाएर सहरमा होहल्ला मच्चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्थे ।
के तिमी त्यही मिश्री होइनौ र जसले पहिले विद्रोहको नेतृत्व गरी चार हजार आतङ्ककारीलाई उजाड-स्थानतिर लग्यौ?”
पावलले सेनाहरूमध्ये एक जना कप्तानलाई बोलाएर भने, “यो जवान केटालाई मुख्य कप्तानकहाँ लगिदिनुहोस्, किनभने उसँग उहाँलाई भन्ने केही कुरा छ ।”
तर जब सैनिक अधिकृत आइपुगे, तिनले पावललाई हाम्रो हातबाट बलजफ्ति गरेर खोसेर लगे ।
यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए; उनीहरू भवनभित्र सैनिक अधिकृतहरू र सहरका विशिष्ट व्यक्तिहरूसँग आए । र फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो ।
के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? (म पागल भएको जस्तै गरी बोल्छु ।) म अझै बढ्ता हुँ । मैले अझ धेरै परिश्रम गरेको छु; अझ धेरै झ्यालखानामा बसेको छु; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु; मृत्युका धेरै खतराहरूको सामना गरेको छु ।