यसैले अमस्याहको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो । उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले भने, “आफ्नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्ने देवताहरूको खोजी तपाईं किन गर्नुभयो?”
TSK
TSK · प्रेरित 4:17
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
अब जा, तिनीहरूको सामु यो एउटा पाटीमा लेख् र एउटा मुट्ठामा यो लेख्, ताकि आउने समयको निम्ति यो गवाहीको रूपमा सुरक्षित हुन सकोस् ।
“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'यरूशलेमका सबै मानिस, पुजारी मासेयाहका छोरा सपन्याह र सबै पुजारीलाई तेरो आफ्नै नाउँमा चिट्ठीहरू लेखेर यसो भनिस्,
हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो । तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्यो ठोक्कियो, र त्यसले ती चकनाचूर पार्यो ।
अमस्याहले आमोसलाई भने, “ए दर्शी, दौडेर यहूदाको देशमा जाऊ, र त्यहाँ रोटी खाऊ अनि अगमवाणी गर ।
त्यसकारण, तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस् । नत्रता त्यसका चेलाहरू आउलान् र उनलाई चोरेर लगेर मानिसहरूलाई भन्लान्, ‘उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ ।’ अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ ।”
अझ बढी चेताउनी दिएपछि उनीहरूले पत्रुस र यूहन्नालाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने तिनीहरूले जे गरेका थिए त्यसको निम्ति मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए ।
जब मन्दिरका कप्तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्योलमा परे ।
तर यदि यो परमेश्वरको हो भने, तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्नुहुन्न र तपाईंहरूले आफैँलाई परमेश्वरको विरुद्धमा लडिरहेको पाउनु हुनेछ ।” यसरी तिनीहरूले तिनको कुरा माने ।
किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्टले मद्वारा पुरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा,
जसले प्रभु येशू र अगमवक्ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।