यी बाह्रै जनालाई येशूले बाहिर पठाउनुभयो । उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो र भन्नुभयो, “गैरयहूदीहरू बस्ने कुनै पनि ठाउँमा नजाओ, र सामरीहरूको कुनै पनि सहरमा प्रवेश नगर ।”
TSK
TSK · प्रेरित 8:5
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”
तिनीहरूको भनाइ पुरै समुदायलाई मन पर्यो । त्यसैले, तिनीहरूले विश्वास र पवित्र आत्माले भरिएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी-मत मान्ने निकोलाउसलाई छाने ।
सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई ग्रहण गरे भन्ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूकहाँ पठाए ।
तर फिलिप अश्दोदमा देखा परे । तिनी कैसरिया नपुगुञ्जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए ।
पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तिनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्त्रबाट तर्क गरे ।
तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।
किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्ट हुनुहुन्छ ।