TSK

TSK · दानिएल 5:19

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

राजाले तिनीसँग दयापूर्वक कुरा गरे, र बेबिलोनमा तिनीसित भएका अरू राजाहरूलाई भन्दा तिनलाई इज्‍जतदार ठाउँमा बसाए ।

तिनको उपस्थितिबाट बाहिरिन हतार नगर्, र कुनै पनि गलत कुराको समर्थनमा खडा नहोओ, किनकि राजाले इच्छा गरेअनुसार काम गर्छन् ।

'मेरो महाशक्ति र पसारिएको पाखुराद्वारा म आफैले पृथ्वी बनाएँ । मैले पृथ्वीका मानिसहरू र जनावरहरू पनि बनाएँ, र मेरो दृष्‍टिमा ठिक लागेको जोकसैलाई म यो सुम्पिदिन्छु ।

तब उद्घोषकले ठुलो सोरले कराएर भन्‍यो, “जाति-जातिका मानिसहरू र धेरै भाषाहरू बोल्‍ने, तपाईंहरूलाई यो हुकुम छ,

तब तिनले आफ्ना सेनामा अत्यन्तै बलिया मानिसहरूलाई शद्रक, मेशक, र अबेद्‍नगोलाई बाँध्‍न र दन्किरहेको आगोको भट्टीमा फाल्न आदेश दिए ।

तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्‍यो । राजाले भने, “ए बेलतसजर, त्‍यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस् ।

त्यो सेना लगिनेछ, र दक्षिणको राजाको हृदय घमण्डले फुल्नेछ, र तिनले दसौं हजारलाई मार्नेछन्, तर तिनी विजयी हुनेछैनन् ।

येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ ।”