TSK

TSK · दानिएल 9:15

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।”

मेरो नाउँ सारा पृथ्वीभरि घोषणा हुन सकोस् भनेर मेरो शक्ति देखाउनलाई मैले तँलाई जीवित रहने अनुमति दिएँ ।

यो तिमीहरूका निम्ति हातमा र तिमीहरूको निधारमा सम्झना गराउने कुरो हुनेछ । परमप्रभुको शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट बाहिर ल्याएकोले तिमीहरूको मुखमा यो उहाँको विधि हुनेछ ।

यो तिमीहरूको हात र तिमीहरूको निधारमा सम्झना दिलाउने कुरो हुनेछ किनकि परमप्रभुको शक्तिशाली हातद्वारा उहाँले हामीलाई मिश्रबाट बाहिर ल्याउनुभएको थियो ।”

तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।”

तिनीहरू तपाईंले चुन्नुभएका तपाईंका जाति हुन् जसलाई तपाईंले फलाम गल्ने भट्टीको बिचबाट अर्थात् मिश्रबाट छुटकारा दिनुभयो ।

तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्‍चात्ताप गर्छन् र आफ्‍नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्‍छन्, ‘हामीले भ्रष्‍ट किसिमले काम गर्‍यौं र पाप गर्‍यौं । हामीले दुष्‍ट किसिमले व्‍यवहार गर्‍यौं ।’

तिनीहरू तपाईंका दासहरू हुन्, र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र शक्तिशाली हातले छुटकारा दिनुभएको छ ।

तापनि, उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो ताकि उहाँले आफ्नो शक्ति प्रकट गर्न सक्‍नुभएको होस् ।

प्रचीन समयदेखि नै कसैले पनि सुनेको वा देखेको छैनन्, न त आँखाले तपाईंबाहेक अरू कुनै परमेश्‍वरलाई देखेको छन्, जसले आफ्‍नो आशा गर्नेहरूका निम्ति कामहरू गर्नुहुन्‍छ ।

तब मैले तमसुकमा सही गरी छाप लगाएँ, र मैले यसको लागि साक्षीहरू राखेँ । मैले तराजुमा चाँदी जोखेर दिएँ ।

“हामीले आज्ञा उल्लङ्घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन ।

हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं।

छोराले बुबालाई भन्यो, ‘बुबा मैले स्वर्ग र तपाईंको दृष्‍टिमा पाप गरेको छु र म तपाईंको छोरा भनी बोलाइन योग्यको छैनँ ।’

उहाँले हामीलाई त्यस्तो घातक जोखिमबाट बचाउनुभयो र फेरि पनि उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ भन्‍ने हामीले उहाँमा आशा राखेका छौँ ।