म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् ।
TSK
TSK · दानिएल 9:7
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उहाँ चट्टान हुनुहुन्छ, उहाँको काम सिद्ध छ । किनकि उहाँका सबै मार्ग न्यायोचित छन् । उहाँ अधर्म नभएको विश्वासयोग्य परमेश्वर हुनुहुन्छ । उहाँ न्यायी र सत्य हुनुहुन्छ ।
मैले भने, “हे मेरा परमेश्वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्जित र अयोग्य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।
हे इस्राएलका परमप्रभु परमेश्वर, तपाईं धर्मी हुनुहुन्छ, किनकि आजको दिनसम्म हामी केही बाँचेकाहरू अझै छौं । हाम्रो दोषको कारणले कोही पनि तपाईंको सामु खडा हुन नसक्ने भए तापनि हामी हाम्रा दोषमा तपाईंको सामु छौं ।
दिनभरि मेरि अनादर मेरो सामु हुन्छ र मेरो मुहारको लाजले मलाई ढाकेको छ,
हे मेरा उद्धारका परमेश्वर, रक्तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्ति म काराउनेछु ।
त्यस दिन परमप्रभुले अश्शूर, मिश्र, पत्रोस, कूश, एलाम, शीनार, हमात र समुद्रका टापुहरूमा बाँकी रहेका उहाँका मानिसहरूलाई छुटाउन आफ्नो हात फेरि फैलाउनुहुनेछ ।
चोर समातिंदा त्यो लज्जित भएझैं, इस्राएलको घराना लज्जित हुने छ । तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्जित हुनेछन् ।
तिनीहरू खनजोत गरिएको बारीको चारैतिर रुँग्नेहरूजस्तै हुनेछन्, किनकि त्यो मेरो विरुद्धमा बागी भएको छ, यो परमप्रभुको घोषणा हो,
¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्टका मार्गहरू सफल हुन्छन्? सबै विश्वासहीन मानिस सफल छन् ।
इस्राएल र यहूदाका मानिसहरूका, तिनीहरू, तिनीहरूका राजाहरू, राजकुमारहरू, पुजारीहरू, अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस र यरूशलेमको हरेक बासिन्दाले मलाई रिस उठाउनलाई गरेका सारा दुष्ट कुराहरू कारणले म त्यो गर्नेछु ।
यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्झनेछस्, र लज्जित हुनेछस्, यसरी आफ्नो लाजको कारण तैंले आफ्नो मुख फेरि कहिल्यै खोल्नेछैनस् । त्यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्छु — यो परमप्रभु परमेश्वरको घोषणा हो ।
हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् ।
हेर्, म एउटा आज्ञा दिनेछु, र कसैले अन्नलाई एउटा नाङ्लोमा निफनेझैं, सबै जातिहरूका बिचमा म इस्राएलको घरानालाई हल्लाउनेछु, ताकि सबभन्दा सानो ढुङ्गा पनि जमिनमा खस्नेछैन ।
यरूशलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्वरभक्त यहूदीहरू बसिरहेका थिए ।