TSK

TSK · एस्तर 2:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

त्यसैले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्‍बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे ।

यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाबले इस्राएलमाथि शासन गर्न थाले । तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।

योरामले येहूलाई देखेपछि तिनले भने, “येहू, के तिमी मित्रभावले आएको हो?” तिनले जवाफ दिए, “तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ?”

आमोनका सेवकहरूले राजाको विरुद्धमा षड्यन्त्र गरे र तिनलाई आफ्‍नै घरमा मारे ।

प्रवेशद्वारको पहरा दिने राजाका दुई जना अधिकारी बिग्थाना र तेरेशले राजा अहासूरसलाई हानि गर्ने कोसिस गरेका कुरा मोर्दकैले जानकरी गराएका थिए भनी त्‍यहाँ लेखिएको पाइयो ।