TSK

TSK · उत्पत्ति 10:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।

तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपडाबाट बनेको थियो । त्‍यसैले तेरो झन्‍डाको काम गर्‍यो । एलीशाहको किनारका नीलो र बैजनी रङ्गका कपडा तेरो चँदुवाका निम्‍ति प्रयोग भए ।

यावान, तूबल र मेशेकले तँसित कमारा-कमारी र काँसाका भाँडाहरूको व्‍यापार गरे । तिनीहरूले तेरा सामानका कारोबार गरे ।

“ए मानिसको छोरो, मागोग देशको गोग, मेशेक र तूबलको प्रमुख शासकतिर आफ्नो मुख फर्का । अनि त्यसको विरुद्ध अगमवाणी गर् ।

तँ टाढा उत्तरको आफ्‍नो ठाउँबाट ठुलो फौजको साथमा, ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल, विशाल फौजसहित आउनेछस् ।

पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बहिर जानेछ, गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् ।