अनि तैँले भेडालाई मारेर त्यसको थोरै रगत लिई हारूनको दाहिने कान, त्यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बुढी औँला र तिनीहरूका खुट्टाका बुढी औँलामा लगाइदिनू । त्यसपछि रगत वेदीको हरेक किनाराको वरिपरि छर्किदिनू ।
TSK
TSK · हिब्रू 9:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
प्रस्थान 29:20
TSK
लेवीहरू 8:15
TSK
उनले त्यो मारे, र रगत लिएर आफ्नो औँलाले वेदीका सिङहरूमा लगाए, अनि वेदीलाई पवित्र गराएर वेदीको फेदमा रगत खन्याए, र त्यसको निम्ति प्रायश्चित्त गर्नलाई वेदीलाई परमप्रभुको निम्ति अलग गरे ।
लेवीहरू 9:8
TSK
यसैकारण हारून वेदीको नजिक गए अनि आफ्नै निम्ति पापबलिको बाछो मारे ।
लेवीहरू 16:14
TSK
अनि त्यसले साँढेको केही रगत लिएर प्रायश्चित्त-आसनको सामु आफ्नो औँलाले छर्कोस् । त्यसले प्रायश्चित्त-आसनको सामु औँलाले सात पटक रगत छर्कोस् ।
इजकिएल 43:18
TSK
त्यसपछि तिनले मलाई भने, “ए मानिसको छोरो, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिनीहरूले वेदी बनाएको दिनमा, र त्यसमा होमबलि चढाउने, र रगत छर्किने विधिहरू यी नै हुन् ।