यसमा मानिसहरूको दस भागमा एक भाग रहे तापनि, फेरि पनि त्यो नष्ट पारिनेछ । तारपीन र फँलाट काटिन्छ र त्यसको ठुटो बाँकी रहेझैं, त्यसको पवित्र बीउ त्यसको ठुटोमा हुन्छ ।”
TSK
TSK · यशैया 24:13
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यो दिनमा यस्तो हुनेछ, याकूबको गौरव दुब्लो हुनेछ र त्यसको शरीरको मोटाइ पातलो हुनेछ ।
जैतूनको रुखलाई हल्लाए जसरी पनि शिलाहरू छोडिनेछन्: माथिल्लो हाँगामा दुइ-तिन वटा वा फलको सबभन्दा अग्लो हाँगाहरूमा चार-पाँच वटा जैतून छोडिन्छन्— यो परमप्रभु इस्राएलका परमेश्वरको घोषणा हो ।
तर तिमीहरूका बिचमा बचेकालाई म जोगाएर राख्नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्यहाँ जातिहरूका बिचमा तरवारबाट उम्केका कोही हुनेछन् ।
परमप्रभुले तिनलाई भन्नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्ह लगा ।”
तापनि हेर्, त्यसमा कोही बाँकी हुनेछन्, र बचेकाहरू आफ्ना छोराहरू र छोरीहरूका साथमा बाहिर निस्केर जानेछन् । हेर्, तिनीहरू बाहिर तिमीहरूकहाँ आउनेछन्, र तिमीहरूले तिनीहरूका चालहरू र कामहरू हेर्नेछौ, र मैले यरूशलेममा ल्याएका ती दण्ड र देशको विरुद्ध मैले ल्याएका सबै कुराबाट तिमीहरूलाई सान्त्वना हुनेछ ।
ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् ।
तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन्, जसले आफ्नो वस्त्र फोहोर परेका छैनन् । तिनीहरू सेतो वस्त्रमा मसँग हिँड्नेछन्, कारण तिनीहरू योग्यका छन् ।