¶ हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।
TSK
TSK · योना 3:8
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
जबसम्म परमप्रभुलाई भेट्टाउन सक्छौ, तबसम्म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर ।
तिनीहरूका जालोहरू लुगाको निम्ति प्रयोग गर्न सकिंदैन, न त तिनीहरूले आफ्ना कामहरूले आफूलाई ढाक्न सक्छन् । तिनीहरूका कामहरू पापका कामहरू हुन् र तिनीहरूका हातहरूमा हिंसाका कामहरू छन् ।
तर कुनै दुष्ट मानिसले आफूले गरेका सबै पापहरू त्याग्छ र मेरा सबै विधिहरू पालन गर्छ, र न्याय र धार्मिकता कायम गर्छ भने, ऊ निश्चय नै बाँच्नेछ, र मर्नेछैन ।
यसकारण, ए इस्राएलका घराना, म तिमीहरू हरेक मानिसको न्याय उसको चालअनुसार गर्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो । पश्चात्ताप गर, आफ्ना सबै अपराधहरूबाट फर्क, ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्ने ढुङ्गाहरू नबनून् ।
यसकारण, महाराजा, मेरो सल्लाह हजुरको निम्ति स्वीकारयोग्य होस् । पाप गर्न छोड्नुहोस् र जे ठिक छ त्यही गर्नुहोस् । थिचो-मिचोमा परेकाहरूलाई कृपा देखाएर आफ्ना अपराधहरूबाट मुक्त हुनुहोस्, र हजुरको समृद्धि अझै बढोस् ।”
यसकारण तिनीहरूले परमप्रभुलाई पुकारा गरे र यसो भने, “हे परमप्रभु, हामी तपाईंसँग बिन्ती गर्छौं, यस मानिसको प्राणको कारणले हामीलाई नष्ट हुन नदिनुहोस्, र यस मानिसको मृत्युको दोष हामीमाथि नहालिदिनुहोस्, किनभने तपाईं, परमप्रभुलाई जे गर्ने इच्छा भयो, त्यही तपाईंले गर्नुभयो ।”
त्यसकारण, पश्चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् ।