तर यदि त्यसले आफ्नो लागि त्यो जग्गा फिर्ता लिन सकेन भने, त्यसले बेचेको जग्गा पुनर्स्थापनाको वर्षसम्म जग्गा किन्ने मानिसको स्वामित्वमा हुने छ । पुनर्स्थापनाको वर्षको अन्त्यमा जग्गा बेच्ने मानिसकहाँ नै त्यो जग्गा फर्काइन्छ, र त्यसको जग्गाधनी आफ्नै जग्गाजमिनमा फर्कने छ ।
TSK
TSK · लेवीहरू 27:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
लेवीहरू 25:28
TSK
लेवीहरू 27:28
TSK
तर कुनै मानिसले आफूसँग भएका सबै सम्पत्तिबाट परमप्रभुलाई अर्पण गरेको कुरा, चाहे त्यो मानिस वा पशु, वा आफ्नो पारिवारिक जमिन जेसुकै भए पनि त्यो बेचिनु वा छुटाउनुहुँदैन । अर्पण गरिएको सबै कुरा परमप्रभुको निम्ति पवित्र हुन्छ ।
व्यवस्था 13:17
TSK
विनाशको लागि अलग गरिएको कुनै पनि थोक तिमीहरूको हातमा नहोस् ताकि परमप्रभुको क्रोध शान्त होस् जसले तिमीहरूलाई दया देखाउनुहुन्छ, तिमीहरूलाई टिठ्याउनुहुन्छ र तिमीहरूलाई पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएमुताबिक सङ्ख्यामा वृद्धि गराउनुहुन्छ ।
एज्रा 10:8
TSK
अधिकारीहरू र धर्म-गुरुहरूका निर्देशनमुताबिक तिन दिनमा नआउने कुनै पनि व्यक्तिको सारा सम्पत्ति जफत गरिने र निर्वासनबाट फर्केर आएका मानिसहरूको ठुलो सभाबाट बहिष्कार गरिने भयो ।