तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्नुभएन ।
TSK
TSK · लुका 7:13
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्वस्तता र भरोसायोग्य गुणमा प्रशस्तका परमेश्वर हुनुहुन्छ ।
तिनीहरूका सबै कष्टहरूद्वारा उहाँले पनि कष्ट भोग्नुभयो, र उहाँको उपस्थितिको स्वर्गदूतले तिनीहरूलाई बचायो । आफ्नो प्रेम र दयामा उहाँले तिनीहरूलाई बचाउनुभयो र उहाँले तिनिहरूलाई माथि उठाउनुभयो र सारा प्राचीन समयभरि तिनीहरूलाई बोक्नुभयो ।
के एफ्राइम मेरो बहुमूल्य बालक होइन र? के त्यो मेरो प्रिय, आनन्दित छोरो होइन र? किनकि मैले जहिलेसुकै त्यसको विरुद्धमा बोल्दा, म निश्चय नै त्यसलाई मेरो प्रेमिलो हृदयमा सम्झन्छु । यसरी मेरो हृदय त्यसको लागि लालायित हुन्छ । म निश्चय नै त्यसमाथि दया देखाउने छु, यो परमप्रभुको घोषणा हो ।”
“यो भिडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तिन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।
अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।”
प्रभुले जवाफ दिएर भन्नुभयो, “पाखण्डीहरू हो! के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ र?
प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो । र पत्रुसलाई उहाँले भन्नुभएको वचनलाई सम्झे, “भाले बास्नअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।”
यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए ।
तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”
रुनेहरू नरोएको जस्तै गरी बसून्; खुसी हुनेहरू खुसी नभएझैँ गरी बसून र किनमेल गर्नेहरूले तिनीहरूसँग केही नभएझैँ गरून् ।
त्यसैले, उहाँका भाइहरूजस्तै बन्न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो । त्यसकारण, उहाँ परमेश्वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्वासयोग्य हुनुभई परमेश्वरका महान् पुजारी हुनुभयो । त्यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्नुभयो ।