TSK

TSK · लुका 7:8

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्‍तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र?”

त्यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए, र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ ।”

यसरी सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञाअनुसार पावललाई लगे, र उनलाई सोही रात एन्टिपाट्रिस ल्याए ।

तर मसँग सम्राटलाई लेख्‍ने कुनै निश्‍चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्‍ने केही कुराहरू होस् ।

¶ दासत्वको जुवामूनि भएका सबैले आफ्‍ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्‍झून् । तिमीहरूले त्‍यसो गर्नुपर्छ ताकिे परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस् ।