परमप्रभुले अन्धाको आँखा खोल्नुहुन्छ । परमप्रभुले झुकेकालाई उठाउनुहुन्छ । परमप्रभुले धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ ।
TSK
TSK · मर्कूस 10:52
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तब अन्धाहरूका आँखाहरूले देख्नछन् र बहिराहरूका कानले सुन्नेछन् ।
तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्नुभयो, र भन्नुभयो “छोरी, साहस गर । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” अनि ती स्त्री तुरुन्तै निको भइन् ।
दृष्टिविहीनहरूले दृष्टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।
त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, “स्त्री, तिम्रो विश्वास महान् छ । तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी तिनकी छोरी निको भइन् ।
यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।
उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्नुभयो, र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्टि पुनः प्राप्त भयो र त्यसले सबै थोक स्पष्टसँग देख्यो ।
केही स्त्रीहरू जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए ।
म संसारमा हुँदा म संसारको ज्योति हुँ ।”
येशूले भन्नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्दैनन् तिनीहरूले देखून् र जसले देख्छन्, तिनीहरू अन्धो होऊन् ।”