ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्ने छस्? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस्?
TSK
TSK · मर्कूस 13:36
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
¶ प्रेमिका आफैसित बोल्दैः रातमा मेरो ओछ्यानमा मेरो प्राणले प्रेम गरेको प्रेमीलाई मैले खोज्दै थिएँ । मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ ।
तिनीहरूका सबै रक्षकहरू अन्धा छन्, तिनीहरूले बुझ्दैनन् । तिनीहरू सबै भुक्न नसक्ने शान्त कुकुरहरू हुन् । तिनीहरू सपना देख्छन् र तिनीहरू ढल्केर सुत्न मन पराउँछन् ।
दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्द्रामा परे र सुते ।
फेरि उहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा लोलाएका थिए र उहाँलाई के भन्ने भनी तिनीहरूले जानेनन् ।
जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो ।
किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्ट तिमीमा चम्कनुहुनेछ ।”