TSK

TSK · मर्कूस 3:5

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्‍नुभएन ।

त्यसैले परमेश्वरका जनले परमप्रभुलाई प्रार्थना गरे, र राजाको हात पहिलेकै जस्तो भयो ।

किनकि चालिस वर्षसम्म म त्यो पुस्‍तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।'

ए बहिरा हो, सुन । अनि अन्धाहरूले हेर, ताकि तिमीहरूले देख्‍न सक ।

तिनीहरूका सबै कष्‍टहरूद्वारा उहाँले पनि कष्‍ट भोग्‍नुभयो, र उहाँको उपस्थितिको स्वर्गदूतले तिनीहरूलाई बचायो । आफ्‍नो प्रेम र दयामा उहाँले तिनीहरूलाई बचाउनुभयो र उहाँले तिनिहरूलाई माथि उठाउनुभयो र सारा प्राचीन समयभरि तिनीहरूलाई बोक्‍नुभयो ।

तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।

प्रभुले जवाफ दिएर भन्‍नुभयो, “पाखण्डीहरू हो! के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ र?

येशूले जवाफ दिँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चुप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन् ।”

उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको ।’) । त्यसैले त्यो गयो, धोयो र देख्‍ने भएर आयो ।

किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ ।

तिनीहरू विचारमा अन्धा भएका छन् । तिनीहरूका हृदयको कठोरताको कारण तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्‍वरको जीवनबाट अलग गरिएका छन् ।

र परमेश्‍वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ । छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको छ ।

जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन र? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र?

तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।