TSK

TSK · मर्कूस 9:17

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्‍ने व्यक्‍ति येशूकहाँ ल्याइयो । उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्‍ने व्यक्‍ति बोल्न सक्‍ने र देख्‍न सक्‍ने भयो ।

उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्‍न सकून् ।”

जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्‍नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्‍नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”

हेर, भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म बिन्ती गर्छु, कि तपाईंले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो ।

जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे ।