TSK

TSK · मत्ती 2:11

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

“तैँले यी असल-असल मसलाहरू अर्थात् ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्‍ना आउने दालचिनी, २५० शेकेल बास्‍ना आउने बोझो,

¶ कसैले परमप्रभुको निम्ति अन्‍नबलि ल्याउँदा, त्यसको बलि मसिनो पिठोको होस्, र त्यसले त्यसमा तेल खन्याओस् र त्यसमा धूप हालोस् ।

तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।

तर केही बदमासहरूले भने, “यो मानिसले हामीलाई कसरी बचाउन सक्छ?” यी मानिसहरूले शऊललाई घृणा गरे र तिनलाई कुनै उपहारहरू दिएनन् । तर शाऊल शान्‍त बसे ।

उनले राजालाई चार टन सुन र प्रशस्त मात्रामा मसलासाथै बहुमूल्य रत्नहरू दिइन् । शेबाकी रानीले सोलोमन राजालाई दिएकी जत्तिकै यति प्रशस्त मसला तिनलाई फेरि कहिल्यै दिइएन । ओपीरबाट सुन ल्याउने

तपाईंका सबै पोशाकमा मूर्र, एलवा र तेजपातको सुगन्ध हुन्‍छ । हस्ती-हाडका दरबारहरूबाट निस्केका तारको बाजाका धुनले तपाईंलाई खुसी बनाएको छ ।

उनी जीवित रहून्! शेबाको सुन उनलाई दिइयोस् । मानिसहरूले उनको निम्ति सधैं प्रर्थना गरून् । परमेश्‍वरले उनलाई दिनभरि आशिष्‌ ‌‌देऊन् ।

ऊँटका बथानहरू, मिद्यान र एपाका सवार गर्ने ऊँटहरूले तँलाई ढाक्‍नेछन् । ती सबै शेबाबाट आउनेछन् । तिनीहरूले सुन र धूप ल्याउनेछन् र परमप्रभुको प्रशंसा गाउनेछन् ।

“यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौँ ।”

त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”

पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन ।

किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ ।

जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्‍वासीहरूका प्रार्थना हुन् ।

म यूहन्‍ना हुँ, जसले यी कुराहरू सुनेँ र देखेँ । जब मैले सुनेँ र तिनलाई देखेँ, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्टो परेँ ।