तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।”
TSK
TSK · मत्ती 21:34
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्न इन्का गरे ।
मेरो दाखबारीको निम्ति मैले नगरेको त्यस्तो के कुरा त्यसको निम्ति गर्न सकिन्थ्यो? त्यसले दाख फलाओस् भन्ने मेरो आशा हुँदा, त्यसले किन जङ्गली दाखहरू फलायो?
मैले तिमीहरूकहाँ मेरा सबै दास, अगमवक्ताहरू पठाएँ । यसो भन्न मैले तिनीहरूलाई निरन्तर पठाएँ, 'हरेक मानिस आफ्नो दुष्ट चालबाट फर्कोस् र त्यसले असल कामहरू गरोस् । कोही पनि अरू देवताहरूको पछि लाग्ने र तिनीहरूको पुजा गर्ने काम नगरोस् । बरु, मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा फर्केर आओ ।' तापनि तिमीहरूले मेरो कुरा सुन्दैनौ वा ध्यानै दिंदैनौ ।
“सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ, ‘साँचो न्याय, करारको विश्वसनीयता, र अनुग्रहद्वारा इन्साफ गर । हरेक मानिसले आफ्नो दाजुभाइको निम्ति यस्तो गरोस् ।
ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।