TSK

TSK · मत्ती 6:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,

त्यसले गरीबहरूलाई उदार चित्तले दिन्छ । त्यसको धार्मिकता सदासर्वदा रहन्छ । त्यसलाई आदरसाथ उच्‍च पारिनेछ ।

धैरेले आफू भक्त भएको घोषणा गर्छन्, तर कसले विश्‍वासयोग्य जन पाउन सक्छ?

यसकारण परमप्रभु तिनीहरूका जवानहरूसित आनन्‍दित हुनुहुन्‍न, न त उहाँले तिनीहरूका अनाथ र विधवाहरूमाथि दया गर्नुहुनेछ, किनकि हरेक व्‍यक्‍ति अधर्मी र दुष्‍ट छन्, अनि हरेक मुखले मूर्ख कुराहरू गर्छन् । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।

आफ्‍नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन ।

¶ “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।

अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले उनीहरूलाई देखून् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।

ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्‍टसँग देख्‍न सक्छौ ।

र बिहान तिमीहरू भन्छौ, ‘आज मौसम नराम्रो हुनेछ, किनकि आकाश रातो र बादलले ढाकिएको छ ।’ आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ ।

तिनीहरूले भोजमा मुख्य स्थानहरू र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्,

त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

अनि सभाघरमा भोजमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् ।

कसरी तिमीले आफ्नो भाइलाई भन्‍न सक्छौ, भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ जब कि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ? हे पाखण्डी हो! पहिले तिम्रा आँखाबाट मुढा निकाल तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ ।

धिक्‍कार फरिसीहरू, तिमीहरूले सभाघरको अगाडि बस्‍ने मानिसहरूलाई सहरहरूमा आदर र इज्‍जत गर्दछौ ।

पाखण्डीहरू हो, तिमीहरू जान्दछौ कि पृथ्वी र स्वर्गमा भएका चिह्नहरूलाई हेरेर, के हुँदै छ त्यो भन्‍न सक्दछौ, तर अहिलेको वर्तमान समयको विषयमा केही भन्‍न सक्दैनौँ?

“शास्‍त्रीहरूदेखि होसियार रहो जो लामा वस्‍त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् ।

एक अर्कोबाट प्रशंसा खोज्‍ने तर परमेश्‍वरबाट मात्र आउने प्रशंसा नखोज्‍नलाई तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ?

केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्‍नुभएको होला भन्‍ने सोचे ।

तिनी ईश्‍वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्‍वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्‍वरलाई प्रार्थना चढाइरहन्थे ।

तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ ।

अहिले धेरै वर्षपछि म यहाँ मेरो जातिलाई सहायता र पैसाको उपहारहरू ल्याउन आएँ ।

यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै‌ कटनी गर्छ ।

चोर्नेले अब उसो नचोरोस् । बरु उसले परिश्रम गरोस् । आवश्‍यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति उसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाओस् ।

तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन ।

अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं । किनकि यस्तै बलिदानहरूसँग परमेश्‍वर अति प्रसन्‍न हुनुहुन्छ ।

यदि कोही बोल्‍छ भने उसले परमेश्‍वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । महिमा र शक्‍ति सदासर्वदा उहाँकै हुन् । आमेन ।