लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्यसको नाम रूबेन राखिन् । “साँच्ची नै परमप्रभुले मेरो दु:ख देख्नुभएको छ, अब त मेरा पतिले निश्चय नै मलाई प्रेम गर्नुहुनेछ ।”
TSK
TSK · गन्ती 1:5
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उनी अत्यधिक पीडामा हुँदा सुँडेनीले उनलाई भनी, “भयभीत नहुनुहोस् किनकि अब तपाईंले अर्को छोरो जन्माउनुहुनेछ ।”
याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।
¶ तब याकूबले आफ्ना छोराहरूलाई बोलाएर भनेः “तिमीहरू यहाँ जम्मा होओ, ताकि भविष्यमा तिमीहरूमाथि के आइपर्नेछ सो म तिमीहरूलाई भनूँ ।
तिनीहरूले भेट हुने पालको वरिपरि छाउनी लगाऊन् । भेट हुने पालको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनेहरू यहूदाको दल होस् र तिनीहरूले आफ्नो झन्डामुनि छाउनी लगाऊन् । अम्मीनादाबको छोरो नहशोन यहूदाका मानिसको अगुवा होस् ।
पहिलो दिनमा, यहूदाको कुलका अम्मीनादाबका छोरा नहशोनले आफ्नो भेटी चढाए ।
यहूदाको फौजको नेतृत्व अम्मीनादाबका छोरा नहशोनले गरे ।
¶ यो आफ्नो मृत्युअगि परमेश्वरका मानिस मोशाले इस्राएलीहरूलाई दिएको आशिष् हो ।
मैले छाप लगाइएका एक लाख चवालिस हजारको सङ्ख्या सुनेँ, जो इस्राएलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिएः