म त्यको बुबा हुने छु र त्यो मेरो छोरा हुने छ । जब त्यसले पाप गर्छ, तब म त्यसलाई मानिसका लोरोले र मानिसका छोराहरूका कोर्राहरूले अनुशासित गर्ने छु ।
TSK
TSK · हितोपदेश 11:31
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
२ शमूएल 7:14
TSK
१ राजाहरू 13:24
TSK
परमेश्वरका जन गइसकेपछि बाटोमा एउटा सिंहसित तिनको जम्काभेट भयो । सिंहले तिनलाई मारिदियो, र तिनको लाश बाटोमै पडिरह्यो । तब गधा र सिंह लाशको छेउमा उभिएका थिए ।
हितोपदेश 26:10
TSK
मूर्ख वा बटुवालाई ज्यालामा काम लगाउनु धनुर्धारीले त्यसको वरिपरि भएका सबैलाई काँड हानी चोट पुर्याउनुजस्तै हो ।
यशैया 13:11
TSK
संसारलाई त्यसको दुष्टताको निम्ति अनि दुष्टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्नेछु ।
इजकिएल 44:10
TSK
तापनि लेवीहरू भने मबाट टाढा भए— आफ्ना मूर्तिहरूका पछि लागेर तिमीहरू मबाट टाढा भट्किए, तर तिनीहरूले आफ्ना पापको मोल तिर्नेछन् ।
१ कोरिन्थी 11:30
TSK
त्यसकारण, तिमीहरूमध्ये धेरै जना रोगी र बिमारी छन् र कोही त मरिसकेका छन् ।