अहङ्कारी तपाईंको उपस्थितिमा खडा हुनेछैनन् । दुष्ट किसिमले व्यवहार गर्ने सबैलाई तपाईंले घृणा गर्नुहुन्छ ।
TSK
TSK · हितोपदेश 15:9
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
परमप्रभुले अन्धाको आँखा खोल्नुहुन्छ । परमप्रभुले झुकेकालाई उठाउनुहुन्छ । परमप्रभुले धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ ।
अहङ्कारी आँखा, घमण्डी हृदय र दुष्टको बत्ती पाप हुन् ।
असल काम गर्ने र दयालु मानिसले जीवन, धार्मिकता र इज्जत पाउँछ ।
¶ तिमीहरू जो धार्मिकताको पछि लाग्छौ, तिमीहरू जो परमप्रभुको खोजी गर्छौ, मेरो कुरा सुनः तिमीहरू निकालिएका चट्टानलाई र तिमीहरू काटिएका पत्थरलाई हेर ।
त्यसैले मैले बारम्बार मेरा दास अगमवक्ताहरूलाई तिनीहरूकहाँ पठाएँ । मैले तिनीहरूलाई यसो भन्न पठाएँ, 'मैले घृणा गर्ने यी घिनलाग्दा कुराहरू गर्न छोड ।’
तपाईंका आँखा यति शुद्ध छन्, कि तपाईं दुष्टलाई हेर्नुहुन्न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्नुहुन्न । त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ? दुष्टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्नुभएको छ?
तर तिमी, परमेश्वरका जन, यी कुराहरूबाट भाग । धार्मिकता, भक्ति, विश्वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग ।