तर यदि तिमीहरूले यसो गरेनौ भने, हेर, तिमीहरूले परमप्रभु विरुद्ध पाप गरेका हुने छौ । तिमीहरूका पापले अवश्य नै फेला पार्ने छ ।
TSK
TSK · हितोपदेश 24:16
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुत र त्यसले मलाई छेडिदे । नत्रता यी बेखतनाहरू आउनेछन् र मलाई दुर्व्यवहार गर्नेछन् ।” तर तिनका हतियार बोक्नेले त्यसो गरेन, किनकि ऊ साह्रै डराएका थियो । त्यसैले शाऊलले आफ्नै तरवार लिए र यसमाथि उनिए ।
उहाँले तपाईंलाई छवटा कष्टबाट छुटकारा दिनुहुनेछ । वास्तवमा सातौं कष्टमा पनि कुनै दुष्ट्याइँले तपाईंलाई छुँदैन ।
धर्मीहरूको कष्टहरू धेरै हुन्छन्, तर ति सबैबाट परमप्रभुले तिनीहरूलाई छुटकारा दिनुहुन्छ ।
परमेश्वरले तँलाई त्यसरी नै सदासर्वदाको निम्ति नाश पार्नुहुनेछ । उहाँले तँलाई माथि उठाउनुहुनेछ, तेरो पालबाट तँलाई निकाल्नुहुनेछ र जीवितहरूको देशबाट तँलाई उखेल्नुहुनेछ । सेला
विपत्तिले पापीहरूलाई खेद्ने छ, तर धर्मी मानिसले भलाइको इनाम पाउने छ ।
सधैँ आदरसाथ जिउने आशिषित् हुने छ, तर आफ्नो हृदयलाई कठोर बनाउनेचाहिँ कष्टमा पर्ने छ ।
कुमारी इस्राएल पतन भएकी छ, त्यो फेरि उठ्नेछैन, त्यो आफ्नै भूमिमा त्यागिएकी छ, त्यसलाई उठाउने त्यहाँ कोही छैन ।
ए मेरो शत्रु, मलाई देखेर रमाहट नगर् । म लडेपछि, फेरि उठ्नेछु । जब म अन्धकारमा बस्दछु, परमप्रभु मेरो निम्ति ज्योति हुनुहुनेछ ।
भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्ने हामी चाहन्नौँ । हामीले सहन नसक्ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ ।
के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? (म पागल भएको जस्तै गरी बोल्छु ।) म अझै बढ्ता हुँ । मैले अझ धेरै परिश्रम गरेको छु; अझ धेरै झ्यालखानामा बसेको छु; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु; मृत्युका धेरै खतराहरूको सामना गरेको छु ।
स्वर्ग, त्यसमाथि आनन्द गर, विश्वासीहरू, प्रेरितहरू र अगमवक्ताहरू, किनकि परमेश्वरले तिमीहरूमाथिको न्याय त्यसमाथि ल्याउनुभएको छ ।”