TSK

TSK · रोमी 1:9

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ । मलाई स्‍याबासी दिनुहुने उच्‍चमा हुनुहुन्छ ।

¶ तब तिनीहरूले कसरी सधैँ प्रार्थना गर्नुपर्छ र निरुत्साह हुनुहुँदैन भन्‍ने सम्बन्धमा उहाँले तिनीहरूसँग दृष्‍टान्तमा बोल्नुभयो ।

परमेश्‍वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”

अब पावलले एफिससमा अफ्नो सेवा-कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे । उनले भने, “यरूशलेम पुगेपछि म रोममा पनि जानै पर्छ ।”

किनभने गएको रात मैले आराधना गर्ने परमेश्‍वर जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए

किनकि यदि मैले अन्य भाषामा प्राथना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिँ निष्फल हुन्छ ।

ख्रीष्‍टको सत्यता मभित्र भएको हुनाले अखैयामा मेरो गर्व रोकिनेछैन ।

हेर, मैले जे लेखेको छु, परमेश्‍वरको अगि मैले तिमीहरूलाई ढाँटेको छैन ।

यही कारण म पिताको सामु मेरा घुँडा टेक्दछु,

तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु ।

तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनकि जसरी बालकले आफ्ना पिताको सेवा गर्दछ, त्यसरी नै सुसमाचारमा मलाई तिनले सेवा गरेका छन् ।

यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौँ । सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौँ ।

तिमीहरू सबैका लागि हामी परमेश्‍वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ ।

तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्‍वासमा जुन कुराको कमी छ, सो दिन सकौँ भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्दछौँ ।

यसै उद्देश्यसको लागी एक सन्‍देशवाहक बनाइएँ । म साँचो बोल्छु; म ढाँट्दिन । म विश्‍वास र सत्यतामा अन्यजातीहरूको शिक्षक हुँ ।

तिमीलाई प्रार्थनामा सम्झना गर्दा म सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छु ।