यदि कोही मारिएको व्यक्तिको बदला लिन आउँछ भने, त्यस सहरका मानिसहरूले मार्ने व्यक्तिलाई अधिकारीहरूको हातमा सुम्पनुहुँदैन । तिनीहरूले यसो गर्नुहुँदैन, किनभने त्यसले आफ्नो छिमेकीलाई अनजानमा मार्यो, र विगतमा तिनको उनीसँग कुनै दुश्मनी थिएन ।
TSK
TSK · रोमी 13:4
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
परमप्रभु तपाईंका परमेश्वरको स्तुति होस् जो तपाईंमा प्रसन्न हुनुहुन्छ र जसले तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभएको छ । परमप्रभुले इस्राएललाई सदाको निम्ति प्रेम गर्नुभएकाले न्याय र धार्मिकता कायम गर्न उहाँले तपाईंलाई राजा बनाउनुभएको छ ।”
कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्टको पक्षलाई कृपा गर्छौ? सेला
राजाको डर गर्जिरहेको जवान सिंहको डरजस्तै हुन्छ । तिनलाई रिस उठाउनेले आफ्नो जीवन गुमाउँछ ।
बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्, र तिनले अन्न चुट्ने चक्काले तिनीहरूलाई प्रहार गर्छन् ।
बोल्न नसक्नेहरू र नष्ट भइरहेकाहरूको अधिकारको लागि बोल् ।
असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।”
त्यसभित्र भएका त्यसका शासकहरू आफ्नो शिकार फहराउने ब्वाँसाहरूजस्ता छन् । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन् ।
¶ मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?
प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्नुहुन्छ ।
यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।