तर दुष्टलाई परमेश्वर यसो भन्नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्,
TSK
TSK · रोमी 2:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
ती कुकुरहरू निकै भोकाएका छन् । तिनीहरू कहिल्यै अघाउँदैनन् । तिनीहरू समझ नबइका गोठालाहरू हुन् । तिनीहरू आ-आफ्नै बाटोमा लागेका छन्, प्रत्येक व्यक्तिले अन्यायपुर्ण लाभको निम्ति लालच गर्छ ।
त्यसभित्र भएका त्यसका शासकहरू आफ्नो शिकार फहराउने ब्वाँसाहरूजस्ता छन् । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन् ।
तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”
यसकारण, तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्दछन्, ती कुरा गर र तिनीहरूलाई पालन गर । तर तिनीहरूका कामहरूको अनुसरण नगर, किनकि तिनीहरू कुराहरूचाहिँ गर्दछन्, तर पछि आफैँले ती गर्दैनन् ।
येशूले भन्नुभयो, “तिमीहरूलाई धिक्कार व्यवस्थाका शिक्षकहरू, तिमीहरू मानिसहरूलाई व्यवस्थाको भार उठाउन लगाउँदछौ, तर तिमीहरूले आफ्नो एउटा औँलाले पनि त्यस्तो व्यवस्थाका सारा भारलाई उठाउँदैनौ ।
ती भलादमी मानिसले त्यसलाई भने, ‘तँ दुष्ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो ।
किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् ।