उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस् । तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस् ।”
TSK
TSK · प्रेरित 18:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्याएर मारेको थोकहरू र यौन अनैतिकताबाट अलग रहनुहोस् । यदि तपाईंहरूले आफैँलाई यी कुराहरूबाट अलग राख्नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।”
सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।
परमेश्वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु ।
तर यदि परमेश्वरको इच्छा भयो भने म त्यहाँ चाँडै नै आउनेछु । त्यसपछि म ती अहङ्कारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्ति हेर्नेछु ।
अन्तमा भाइ हो, आनन्द गर! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ ।
यदि परमेश्वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौँ ।
परमेश्वरले इच्छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्नुभन्दा असल काम गरेर दुःख भोग्नु असल हुन्छ ।