तब जादुगरहरूले फारोलाई भने, “यसमा परमेश्वरको हात छ ।” तर फारोको ह्रदय कठोर भयो र तिनले तिनीहरूका कुरा सुनेनन् । परमप्रभुले भन्नुभएझैँ भयो ।
TSK
TSK · इजकिएल 39:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
म फारोको ह्रदय कठोर बनाउनेछु र त्यसले तिमीहरूको पिछा गर्नेछ । फारो र त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु । म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्नेछन् ।” इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे ।
त्यसैले तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए र भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दुकलाई पठाइदिनुहोस्, र यो आफ्नै ठाउँतिर फर्कोस्, ताकि त्यसले हामी र हाम्रा मानिसहरूलाई नमारोस् ।” किनकि सहरभरि भयङ्कर मृत्युको त्रास फैलिएको थियो । त्यहाँ परमेश्वरको हात धेरै भारी पर्यो ।
किनकि दिन र रात ममाथि तपाईंको हात गह्रौं भयो । ग्रीष्टमको सुख्खाझैं मेरो बल सुक्यो ।
हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्नेछन् र लजमा पारिन्छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्ट पार्नेछ ।
किनकि तिमीहरूले जातिहरूका बिचमा अशुद्ध बनाएका मेरो महान् नाउँलाई म पवित्र बनाउनेछु । जातिहरूका बिचमा तिमीहरुले त्यसलाई अशुद्ध बनयौ । तब म पवित्र छु भनी तिमीहरूले देखेपछि ती जातिहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
म आफ्नो महान्ता र आफ्नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’”
तिमीहरूका आफ्नै आँखाले यो देख्नेछन्, अनि तिमीहरूले भन्नेछौ, ‘इस्राएलका सिमानाहरूभन्दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ ।’”