एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।
TSK
TSK · यशैया 21:2
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
परमप्रभु भन्नुहुन्छ, “गरीबको विरुद्धमा हिंसा, दरिद्रको सुस्केराले गर्दा म उठ्नेछु, म सुरक्षा प्रदान गर्नेछु जसको इच्छा तिनीहरू गर्छन् ।”
कैदीहरूका सुस्केरा तपाईंको सामु आओस् । तपाईंको शक्तिको महान्ताले मृत्युका सन्तानहरूलाई जीवित राख्नुहोस् ।
असल अन्तर्दृष्टिले स्नेह प्राप्त गर्छ, तर विश्वासघातिको चाल कहिल्यै टुङ्गोमा आउँदैन ।
नाङ्गो पहाडमाथि चिन्हका झण्डाहरू खडा गर, तिनका निम्ति उच्च सोरले कराओ, भारदारहरूका ढोकाहरूमा जानलाई हातले इशारा गर ।
¶ परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ । उहाँले फेरि पनि इस्राएललाई रोज्नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ । परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् ।
सम्पूर्ण पृथ्वी नै विश्राममा छ र शान्त छ । तिनीहरूले गीत गाउँदै उत्सव मनाउन सुरु गर्छन् ।
हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौं, “धर्मी जनको महिमा होस्!” तर मैले भनें, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ ।
परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्तको आनन्द हुनेछ । खुसी र आनन्दले तिनीहरूमा वास गर्नेछ । कष्ट र सुस्केरा भाग्नेछ ।
जिम्रीका सबै राजा, एलामका सबै राजा, मादीका सबै राजा,
के एफ्राइम मेरो बहुमूल्य बालक होइन र? के त्यो मेरो प्रिय, आनन्दित छोरो होइन र? किनकि मैले जहिलेसुकै त्यसको विरुद्धमा बोल्दा, म निश्चय नै त्यसलाई मेरो प्रेमिलो हृदयमा सम्झन्छु । यसरी मेरो हृदय त्यसको लागि लालायित हुन्छ । म निश्चय नै त्यसमाथि दया देखाउने छु, यो परमप्रभुको घोषणा हो ।”
तैंले भनिस्, 'धिक्कार छ मलाई! किनकि परमप्रभुले मलाई पीडामा वेदना थप्नुभएको छ । मेरो सुस्केराले मलाई थकाएको छ । मैले विश्राम पाइन ।'
“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः हेर्, मैले एलामका धनुर्धारीहरूलाई तोड्नै लागेको छु, जुन तिनीहरूको शक्तिको मुख्य कुरा हो ।
तिनीहरूलाई छुटकारा दिने बलवान् हुनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो । देशमा चैन ल्याउन र बेबिलोनमा बस्नेहरूकहाँ द्वन्द ल्याउन उहाँले साँच्चै तिनीहरूको पक्षमा बोल्नुहुनेछ ।
काँडहरू तिखा बनाओ र ढालहरू उठाओ । बेबिलोनलाई नष्ट गर्ने योजनामा परमप्रभुले मादीका राजाको आत्मालाई उत्तेजित पार्दै हुनुहुन्छ । यो परमप्रभुको बदला हो, उहाँको मन्दिरको विनाशको लागि लिइने बदला हो ।
त्यसैले म बेबिलोनमा नै बेललाई दण्ड दिनेछु । त्यसले आफ्नो मुखमा जे निलेको थियो, त्यो म बाहिर निकाल्नेछु, र जातिहरूले आ-आफ्ना उपहारहरू लिएर फेरि त्यसकहाँ ओइरिने छैनन् । बेबिलोनका पर्खालहरू ढल्नेछन् ।
किनकि बेबिलोन स्वर्गसम्मै उक्ले वा त्यसका अग्ला-अग्ला किल्लाहरूलाई मजबुत बनाए तापनि, मबाट त्यसकहाँ विनाशकहरू आउनेछन्— यो परमप्रभुको घोषणा हो ।
‘पेरेस,’ ‘हजुरको राज्य विभाजित भएको छ र त्यो मादी र फारसीहरूलाई दिइएको छ ।’”
तिमीले देखेका भेडाको बारेमा, जसका दुई सिङ थिए, ती मादी र फारसका राजाहरू हुन् ।
सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए ।