किनभने हामीले यो ठाउँलाई नष्ट गर्न लागेका छौँ, किनभने परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्, कि उहाँले हामीलाई यस सहरलाई नष्ट पार्न पठाउनुभएको छ ।”
TSK
TSK · गन्ती 16:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
अब मलाई रोक्ने कोसिस नगर् । मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ । त्यसैले म तिनीहरूलाई नष्ट गर्नेछु । तब म तँबाट नै एउटा ठुलो जाति बनाउनेछु ।”
म तिनीहरूलाई विपत्तिले प्रहार गर्नेछु र विनाश गर्नेछु अनि तेरो आफ्नै कुलबाट एउटा जाति बनाउनेछु जुन तिनीहरूभन्दा महान् र शक्तिशाली हुनेछ ।”
“यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्ट पार्न सकौँ ।” अनि मोशा र हारून जमिनमा घोप्टो परे ।
तिनीहरू कसरी क्षणभरमा नै उजाडस्थान बने! तिनीहरूको अन्त भयो र भयानक त्रासहरूले समाप्त पारिए ।
तिनीहरूका वाणका ठोक्राहरू खुला चिहानजस्तै छन् । तिनीहरू सबै सिपाही हुन् ।
त्यसकारण, ‘तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,’ परमप्रभु भन्नुहुन्छ । अशुद्ध चिजहरूलाई नछोओ र म तिमीहरूलाई अपनाउनेछु ।
त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्त गरेकोमा हामी कृतज्ञ होऔँ र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्वरलाई आराधना गरौँ ।