TSK

TSK · हितोपदेश 15:7

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

धर्मी व्‍यक्‍तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।

तब अपराध गर्नेहरूलाई म तपाईंका मार्गहरू सिकाउनेछु र पापीहरू तपाईंतिर फर्कनेछन् ।

दृष्‍टान्तमा म आफ्‍नो मुख खोल्नेछु । विगतका गुप्‍त कुराको बारेमा म गीत गाउनेछु ।

यसरी तैँले विवेकको विषयमा सिक्‍ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्‍ने छ ।

धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्‍त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् ।

बुद्धिमान् मानिसको मन ठिक कुरातिर लाग्छ, तर मूर्खको मन बेठिक कुरातिर लाग्छ ।

हे मेरी दुलही, तिम्रा ओठले मह चुहाउँछन् । मह र दूध तिम्रो जिब्रोमूनि छन् । तिम्रो लुगाको बास्‍ना लेबनानको बास्‍नाझैँ छ ।

ए सर्पका सन्तानहरू, तिमीहरू दुष्‍ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ ।

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर ।

त्यसो हो भने, जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने? र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन्?

तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्‍ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् ।

जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । यसले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैँ आगोले सल्किएको छ ।