“तैँले इस्राएलीहरूको जनगणना लिँदा हरेक व्यक्तिले परमप्रभुको निम्ति आफ्नो जीवनको मोल तिरोस् । तैँले तिनीहरूको गणना गरिसकेपछि यसो गर्नू ताकि जनगणना गर्दा तिनीहरूका बिचमा कुनै विपत्ति नआओस् ।
TSK
TSK · १ इतिहास 21:1
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
राजाले अरौनालाई भने, “होइन, मैले मूल्य दिएर किन्नमा नै जोड दिन्छु । मलाई कुनै मूल्य नपर्ने कुनै पनि कुरा म परमप्रभुलाई होमबलि चढाउँदिनँ ।” त्यसैले दाऊदले खला र गोरुहरूलाई चाँदीका पचास सिक्कामा किने ।
यी सबै आशेरका सन्तानहरू थिए । तिनीहरू वंश पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए । तिनीहरूको वंशावलीको सूचीअनुसार सेनाको लागि योग्य मानिसहरूको संख्या छबिस हजार थियो ।
¶ तब अर्को दिनमा परमेश्वरका छोराहरूले आफैलाई परमप्रभुको सामु उपस्थित गराउनलाई आए । शैतान पनि परमप्रभुको सामु आफैलाई उपस्थित गराउन तिनीहरूसँगै आयो ।
¶ त्यसपछि परमप्रभुले मलाई प्रधान पुजारी यहोशू परमप्रभुको स्वर्गदूतको अगि उभिएका देखाउनुभयो र शैतान तिनलाई पापको दोष लगाउनको निम्ति तिनको दाहिने हात तिर उभिरहेको थियो ।
येशू त्यहाँबाट गइसक्नुभएपछि, शास्त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे ।
अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।
हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्ने कुरालाई विचार गरौँ ।
तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्ति, शक्ति, हाम्रा परमेश्वरको राज्य, ख्रीष्टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो ।